नेपाल सुपर लिग : जितमा पनि खुसी हुन नसकेको काठमाडौं
nayapatrikadaily.com · Sat Nov 25 00:25:00 GMT 2023
एकैपटक पाँच विदेशी खेलाडी खेलाएको काठमाडौंले नवप्रवेशी इलामविरुद्ध फराकिलो अन्तरले जित निकाल्ने अपेक्षा गरे पनि सम्भव भएन
साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले पराजित गरेको छ । तर, साबिक विजेता काठमाडौं जितले पनि पनि खुसी हुन सकेन । एकैपटक पाँच विदेशी खेलाडीलाई मैदानमा उतारेको काठमाडौंले इलामलाई पाखा लगाउन निकै मिहिनेत गर्नुपरेको थियो । इलामका प्रशिक्षक मेघराज केसीले काठमाडौंलाई चुनौती दिने किसिमकै रणनीति तयार पारेका थिए । तर, फिनिसिङमा गतिलो प्रदर्शन गर्न नसके पनि इलामले गोल अवसर निकालिरह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)