एक सय १५ वर्ष पुरानो मन्दिर पुनर्निर्माण
deshsanchar.com · Wed Sep 06 16:45:24 GMT 2023
सिन्धुपाल्चोक – पूर्वसभामुख अग्निप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्वको कृष्ण मन्दिर उद्घाटन गरेका छन्।
नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गरेका हुन्। उनले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)