मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

पुस्तकालय दिवस मनाउन मूल आयोजक समिति गठन

barnanmedia.com · Mon Aug 05 22:57:21 UTC 2024

यस वर्षको पुस्तकालय दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

आज मन्त्रालयमा सरोकारवाला संस्था एवं व्यक्तिको उपस्थितिमा दिवस मनाउन मूल आयोजक समितिका साथै विभिन्न उपसमितिसमेत गठन गरिएको १७औँ पुस्तकालय दिवस आयोजक समिति, प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नाराका साथ आगामी भदौ १५ गते पुस्तकालय दिवस मनाउन लागिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)