मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विकासका चुनौती

rajdhanidaily.com · Wed Mar 31 23:34:42 GMT 2021

सन् १९७० देखि नै संसारमा दिगो विकासको अवधारणा आएको हो । पछिल्लोपटक संयुक्त राष्ट्र संघको महासभाले सन् २०१६ देखि सन् २०३० सम्म विश्वको रूपान्तरण गर्ने योजना बनाउँदै विकासका हरेक आयाममा कोही कसैलाई पनि काखापाखा नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यही प्रतिबद्धता पूरा गर्न २०१५ को सेप्टेम्बरमा दिगो विकासको लक्ष्य घोषणा गरेको थियो । सो घोषणाअनुसार दिगो विकासका १७ वटा लक्ष्यहरू छन्, १ सय ६९ वटा परिमाणात्मक लक्ष्य छन् भने २ सय ३२ वटा विश्वव्यापी सूचक तय गरिएका छन् । नेपालले थप सूचक समेत गरी ४ सय ७९ बनाएको छ । दिगो विकासका लक्ष्यमा संसारका सबै राष्ट्रमा सहभागितामूलक, अधिकारमुखी, समतामूलक विकास गरी गरीबी र भोकमरीको अन्त्य गर्ने प्रमुख विषय रहेका छन् । त्यस्तै सबैलाई शिक्षा र स्वास्थ्यको सुविधा, लैंगिक समानता, सबैका लागि स्वच्छ पानी, सबै क्षेत्रमा ऊर्जाको पहुँच, सबैको रोजगारी, सम्पूर्णमा आर्थिक वृद्धि, उद्योगको भरपुर विकास, पूर्वाधारको विकास र दिगो सहरीकरण रहेको छ ।

हामी कहाँ लक्ष्य पूरा गर्ने मार्गमा समस्या भने पुरानै छन् । मूलतः सो लक्ष्य हासिल गर्न हामीलाई वार्षिक ५ खर्ब ८५ अर्ब रकम अभाव छ । पुँजीगत खर्च अधिक हुनुपर्नेमा हरेक साल यो खर्च घटेको छ । उत्पादनशील उद्योगमा कमी, पूर्वाधार विकासमा घस्रँदै गरेको अवस्था, उत्पादन र वितरणमा व्यापक समस्या, भोकमरी र कुपोषणको जल्दोबल्दो समस्या रहेको छ । केही समययतादेखि महिला सहभागिताको वृद्धि भए पनि बालविवाह, यौन हिंसा, बलात्कारका घटनाहरू बढेका छन् । वातावरणमा उल्लेखनीय सुधार हुन नसकेको अवस्था छ । प्रशासन संयन्त्र धानी नसक्नु छन्, जवाफदेहिता र पारदर्शीता, सुशासन नाम मात्रको रहेको, भ्रष्टाचारको सूचक नकारात्मक छ । अन्तर्राष्ट्रिय संस्थाले नै भ्रष्टाचारबारे औंला उठाइरहेको अवस्था छ । हाम्रो देशले दिगो विकासको लक्ष्यलाई तीन आयाम भनौं सामाजिक, आर्थिक र पर्यावरणीय परिवेशलाई कार्यान्वयनमा ल्याउँदै अघिल्लो १४औं योजनाले यी लक्ष्यलाई आन्तरिकीकरण गर्न सुरु गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)