मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लोकतन्त्रकी सेनानी, निरंकुशताकी साम्राज्ञी

ekantipur.com · Mon Aug 05 23:29:59 UTC 2024

काठमाडौँ — शेख हसिना बंगलादेशका स्वतन्त्रता नायक शेख मुजिबर रहमानकी छोरी तथा अवामी लिगकी नेत्री हुन् । पूर्वी पाकिस्तानका रूपमा रहेको बंगलादेश सन् १९७१ मा रहमानको नेतृत्वमा स्वतन्त्र भएको थियो । दक्षिण एसियाको कान्छो राष्ट्रको पहिलो राष्ट्रपति रहमानलाई बंगबन्धु (बंगालका साथी) पनि भनिन्छ ।

१९७५ मा भएको सैनिक ‘कु’ मा रहमानको हत्या भएको थियो । हसिना र बहिनी रेहना युरोप भ्रमणमा रहेकाले बचेका थिए भने परिवारका धेरै सदस्य मारिएका थिए । दिदीबहिनीले केही समय बेलायतस्थित बंगलादेशको दूतावासमा शरण लिएका थिए । पछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको आमन्त्रणमा करिब ६ वर्ष भारत निर्वासनपछि सन् १९८१ मा उनी पार्टी प्रमुखका रूपमा स्वेदश फर्किएकी थिइन् । सैनिक शासनविरुद्ध बेगम खालिदा जियासँग मिलेर उनले गरेको विद्रोहले सन् १९९० मा सैनिक शासक हुसेन मोहम्मद एर्सादको सत्ता विस्थापित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)