शेख हसीना: राजनीतिक उदयदेखि पतनसम्म
kalakarmi.com · Mon Aug 05 23:56:23 UTC 2024
ढाका– बंगलादेशमा शेख हसीनाको सरकारविरुद्धको आन्दोलनका बीचमा भड्किएको आक्रोश केही समयमै हिंसामा परिणत भएको छ । जसको असर हसीनाले सोमवार आफ्नो पदबाट राजीनामा दिएर देश नै छोड्नु पर्ने अवस्था सिर्जना भयो ।
हसीना आफ्नो देश छोडेर भारत आएकी छिन् । अर्कोतर्फ बंगलादेशको सेनाले देशमा जतिसक्दो चाँडो शान्ति स्थापना गरी अन्तरिम सरकार गठन गर्न जोड दिएको छ । अचम्मको कुरा के छ भने शेख हसीनासँग यस्तो अवस्था पहिलो पटक होइन । शेख हसीनाले आफ्ना पिता शेख मुजिबुर रहमानको हत्या र २००८–०९ को हिंसात्मक प्रदर्शनपछि यस्तै अवस्थाको सामना गर्नु परेको थियो । तर, हसीना हरेक पटक चुनौतिहरू पार गर्दै सत्तामा फर्किएकी थिइन् । यसै प्रसंगमा शेख हसीनाको राजनीतिक यात्रा बारे यस रिपोर्टमा जानकारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)