मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु

ratopati.com · Thu Jun 11 08:37:45 GMT 2026

काठमाडाैँ । उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ।

बसले इस्लामाबाद–मुर्री एक्सप्रेसवेमा खाजोट क्षेत्र नजिकै मोडमा नियन्त्रण गुमाएर दुर्घटना भएको उल्लेख गदै प्रहरीले विज्ञप्ति जारी गरेको छ। दुर्घटनाको समयमा सडकको किनारामा खस्नु अघि बसमा आगलागीसमेत भएको प्रहरीले पुष्टि गरेको छ।

सबै पीडितहरू एउटै परिवारका रहेको उलेख गदै उनीहरु मुल्तान सहरबाट मुर्रीको यात्रामा गरिरहेका र यात्रुहरूमा अधिकाशं बालबालिका रहेको बताइएको छ।

पाकिस्तानी अधिकारीहरूले दुर्घटनाको र कारण पहिचान गर्न अनुसन्धान सुरु गरिरहेको जनाइएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)