मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैङ्कको नाफामा देखियो अर्थतन्त्रको छाया

gorkhapatraonline.com · Tue Aug 06 00:01:23 UTC 2024

काठमाडौँ, साउन २२ गते । दुई वर्षभन्दा लामो समय शिथिल रहेको अर्थतन्त्रको प्रभाव वाणिज्य बैङ्कहरूको नाफामा देखिएको छ । सोमबार सार्वजनिक भएको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कुल २० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घटेको छ । नाफामा रहेका बैङ्कको वित्तीय विवरण पनि पूर्ण स्वस्थ छैन ।

विवरण अनुसार गत आवमा वाणिज्य बैङ्कहरूको कुल नाफा ६४ अर्ब १६ करोड रुपियाँ पुगेको छ । त्यस अघिको आव २०७९/८० को तुलनामा त्यस्तो नाफा १३.४० प्रतिशतले वृद्धि भए पनि सञ्चालनमा रहेका आधा बैङ्कहरूको नाफा घट्नु समग्र बैङ्किङ व्यवसायका लागि भने सुखद् नभएको विज्ञहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)