सुदूरपश्चिममा डेढ वर्षमै चौथो सरकार
ekantipur.com · Tue Aug 06 00:13:59 UTC 2024

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको १९ महिनामै चौथो सरकार गठन भएको छ । प्रदेशसभाको एउटै कार्यकालमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री बनेका छन् । उनले सोमबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । यसपटक अघिल्ला सरकारमा जस्तो भागबन्डा मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भएन । सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्तिबीच सत्ता साझेदारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)