कांग्रेसले तोक्यो ३७ विभागका प्रमुख
ekantipur.com · Tue Aug 06 00:12:31 UTC 2024

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार पार्टीका ३७ वटा विभागका प्रमुख घोषणा गरेका छन् । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १० दिन अगाडि नै सभापति देउवालाई सूची बुझाए पनि उनले सोमबार मात्रै विभागका प्रमुख तोकेका हुन् ।
पार्टी विधानमा ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । तर देउवाले आफू सभापति निर्वाचित भएको दुई वर्ष पाँच महिनापछि ३७ विभाग गठन गरेका हुन् । पार्टीका ७० वटा विभाग छन् । केही समयअघि देउवाले १७ वटा विभागका प्रमुख तोकेका थिए । संगठन, विदेश, जनसम्पर्क लगायत १६ वटा विभाग अझै बन्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)