मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत र पाकिस्तानविच जम्मु पठानकोटमा दोहोरो आक्रमण

gorkhapatraonline.com · Thu May 08 18:09:59 GMT 2025

काठमाडौं, वैशाख २५ गते । भारत र पाकिस्तान सुरक्षाकर्मीविच जम्मु, पठानकोट र ऊधमपुरमा दोहोरो भिडन्त भएको छ । भारतीय गृहमन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तानको तर्फबाट सो क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण भएपछि भारतले जवाफी आक्रमण गरेको छ ।

पाकिस्तानी आक्रमणले भारतमा खासै नोक्सान नभएको गृहमन्त्रालयका अधिकारीहरुको भनाइ छ । बिबिसीका अनुसार पाकिस्तानी आक्रमणपछि भारतीय ठुलो क्षेत्रमा अँध्यारो छाएको छ । भारतले सो क्षेत्रमा व्यालकआउट गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)