मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालय शिक्षा विधेयक र शिक्षा पद्धति

rajdhanidaily.com · Thu Jan 18 23:22:44 GMT 2024

नेपालको शिक्षा पद्धति नेपालको भूभौतिक अवस्था, सस्कार र संस्कृति मिल्दो छैन । यसले नेपालको निरन्तर उत्थान गर्ने, नेपाल बुझेर नेपालको कल्याण गर्ने अनि नेपालमै बसेर काम गर्ने स्वभावको जनशक्ति उत्पादन गर्न सकेको छैन । जसरी राजनीति पुरै आयातित रूपको भएर मुलुकका हरपहलुमा कुशासन र असामाजिकता बढाएको छ, त्यसैगरी शिक्षा पद्धति पनि नेपालका लागि अमिल्दो बरु अरू मुलुकका लागि मिल्दो भएकाले सबै नेपाली बिदेसिन लालयित भएका छन् ।

नेपालभित्र पनि निजी र सामुदायिक विद्यालयका बीचमा अनेकखाले प्रश्नैप्रश्न खडा भएका छन् । त्यसको मूल जरो राष्ट्रिय मूल शिक्षा–नीति बनाउन नसक्नु हो । राजनीतिले लोकतन्त्र भनेको छ, तर शासन गरिएको छ व्यक्तितन्त्र, दलतन्त्र, लोक उपेक्षित छ । जनताको विचारले राज्य सञ्चालन भएको छैन । सत्तामा रहेका दलको व्यक्तिले आफुखुसी राज्य चलाएको छ । राज्यका अधिकांश पहलु विदेशीको निर्देशनमा चलेका छन् । यसका लागि एउटा उदाहरण पर्याप्त छ । त्यो के भने बदलिएको राजनीतिको शासनकालमा नेपालको निशाना छापमा नेपालको भूक्षको एक खण्ड हटाइएको पाइएपछि एमालेको सरकारले पनि महसुस ग¥यो र संविधानअनुसार दुई तिहाइले अनुमोदन गराएर नक्सा सच्याइयो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)