सर्वोच्च प्रशासनले रिट दर्ता नगर्दा नेपाल बारको विरोध
nepalnews.com · Mon May 18 13:14:58 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता नगरेको विषयमा नेपाल बार एशोसिएसनले विरोधका कार्यक्रम घोषणा गरेको छ। नेपाल बारको आकस्मिक वैठकले सर्वोच्च अदालतमा दरपीठ उपर निवेदन बिनाकारण दर्ता नगरी राखिएकोमा आपत्ति जनाएको छ।
५ जेठमा सर्वोच्चकै नजिक बार एशोसिएसनको प्राङ्गणमा लालटीन बाली अदालत प्रशासनको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने कार्यक्रम घोषणा गरेको छ। महासचिव केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दरपीठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राखु स्पष्टतः प्रशासनको अधिकार बाहिरको र न्याय मार्गमा अवरोध पुऱ्याउने कार्य भएको नेबाए ठहर गर्दछ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)