मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार दिनपछि खुल्यो 'हिट एन्ड रन' को रहस्य : टिपर चालक पक्राउ

ratopati.com · Thu Jun 11 08:44:02 GMT 2026

रौतहट । रौतहटको गढीमाई नगरपालिका–४ गरुडा समनपुर सडकखण्ड अन्तर्गत सुन्दरपुर चोकमा साइकल यात्रीको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको रहस्य चार दिनपछि खुलेको छ । दुर्घटनापछि फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेसँगै घटनाको वास्तविकता बाहिर आएको हो।

गत जेठ २४ गते राति करिब १ बजे गढीमाई नगरपालिका–९ मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिपरले ठक्कर दिएको खुलेको हो। दुर्घटनामा सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने लगत्तै चालक सवारीसहित फरार भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)