भारतीय रुपैयाँको गिरावट जारी, डलरको तुलनामा अहिलेसम्मकै सबैभन्दा तल्लो स्तरमा
baahrakhari.com · Mon May 18 13:14:00 GMT 2026

काठमाडौं । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको गिरावट जारी छ । सोमबार, मे १८ मा भारतीय रुपैयाँ करिब ०.३ प्रतिशतले घटेर इतिहासकै सबैभन्दा तल्लो स्तरमा पुगेको छ । सोमबार एक अमेरिकी डलरको तुलनामा रुपैयाँको मूल्य ९६.२२ रुपैयाँसम्म पुगेका छ ।
यसअघि रुपैयाँको सबैभन्दा तल्लो स्तर ९६.१३ रुपैयाँ थियो । पछिल्ला पाँच कारोबार सत्रदेखि रुपैयाँमा लगातार गिरावट दर्ता भइरहेको रोयटर्स ले जनाएको छ । सन् २०२६ मा भारतीय रुपैयाँ एसियाकै सबैभन्दा खराब प्रदर्शन गर्ने मुद्रा बनेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)