नवप्रवर्तनमा क्रियाशील युवालाई पालनपोषण गर्ने मन्त्रालय बनाउनु मेरो प्राथमिकता हो: मन्त्री पुन
techpana.com · Thu Jun 11 08:34:53 GMT 2026

काठमाडौँ । विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री महावीर पुनले देशको समृद्धिका लागि नवप्रवर्तनको जग आफूले बसाल्ने बताएका छन् । पदबहाली गरेपछि मंगलबार मन्त्रालयमा कर्मचारीहरूसँग अन्तर्क्रिया गर्दै नवनियुक्त मन्त्री पुनले देशलाई आर्थिक रूपमा शक्तिशाली बनाएर हजारौँ वर्षसम्म अस्तित्व कायम राख्न विज्ञान र प्रविधिको विकल्प नभएको बताए । उनले आफ्नो कार्यकालमा इनोभेसनलाई देशको अर्थतन्त्रसँग जोड्न मेहेनत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अहिलेको उपभोक्तावादी समयमा मानिसहरूलाई नयाँ र राम्रा वस्तु प्रयोग गर्ने चाहना हुने मन्त्री पुनले बताए । नेपालमा सियोदेखि ठुला सामग्रीसम्म विदेशबाट आयात भइरहेको उल्लेख गर्दै उनले भने, “साधारणभन्दा साधारण वस्तुहरू पनि देशमा उत्पादन हुँदैनन् । जसका कारण देशको पैसा बाहिर गइरहेको छ र व्यापार घाटा चुलिँदो छ,” पुनले भने । उनले आयात हुने वस्तुमध्ये कम्तीमा २० देखि ३० प्रतिशत मात्र भए पनि नेपालमै बनाउन सके व्यापार घाटा निकै कम हुने र देशको पैसा विदेशीनबाट जोगिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)