मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द, पानी परिरहेकाले पहिरो हटाउन समस्या

Ujyaaloonline.com · Sat Jul 01 00:37:58 GMT 2023

काठमाण्डाै – मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो ।

अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो । २८ घण्टासम्म रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै फेरि आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पानी परिरहेकाले तत्काल पहिरो खुलाउन समस्या भएको प्रहरीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)