प्रहरी भ्यानले सर्वसाधारणलाई ठक्कर दिएको भन्दै प्रदर्शन
nayapatrikadaily.com · Wed Mar 29 16:44:00 GMT 2023
बागमती प्रदेशको राजधानी हेटौँडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यलय मकवानपुरअगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
बुधबार साँझ प्रहरीको भ्यानले हेटौँडाको बुद्धचोकमा प्र ०३ ००१ झ ०१२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । तीव्र गतिमा आएको प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)