चकनाचुर भयो ४५ लाख भारु तिरेर तल्लो बाटो अमेरिका पुग्ने आशा
deshsanchar.com · Thu Feb 15 16:57:20 GMT 2024
काठमाडौँ- भारतीय नागरिकलाई अमेरिका पठाउने भनेर काठमाडौंमा ल्याएर रातोपुलको एक घरमा बन्धक बनाएको आरोपमा ८ भारतीय र एक नेपाली गरी ९ जना पक्राउ परेका छन्। अमेरिका पठाइदिने भनेर काठमाडौं ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बिहीबार पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिँदै गर्दा र गिरोहका संलग्न ९ जनालाई सार्वजनिक गर्दै गर्दा प्रहरीले उद्धार गरेका ११ जना भारतीय नागरिक भने परिसरको क्यान्टिननजिक बसेर एकअर्कासँग कुरा गर्दै थिए। ११ जनामध्ये एक थिए- २६ वर्षका गुरुइन्दर सिंह पञ्जाबका। उद्धार गरिएका ११ जनामध्य उनी पहिलो व्यक्ति हुन्, जसलाई गिरोहले बन्धक बनाएको घरमा पुर्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)