बाहिर धेरै हल्ला चलेपनि सत्तारुढ गठबन्धनको बिचमा सुमधुर सम्बन्ध छः माधव नेपाल
nepalipatra.com · Fri Sep 24 05:40:26 GMT 2021
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्र देखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने बताएका छन् ।
अध्यक्ष नेपालले बिहीवार पार्टी केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दै सत्तारुढ पाँच दलीय गठबन्धनको बिचमा सम्बन्ध सुमधुर रहेको बताए । उनले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे । अध्यक्ष नेपालले गठबन्धनकाबिचमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने तयारी भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)