ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा ३ भारतीयको मृत्यु
onlinekhabar.com · Thu Jun 11 08:42:11 GMT 2026

२८ जेठ, काठमाडौं । ओमानको खाडीमा रहेको एक तेल ट्यांकरमाथि अमेरिकी सैन्य आक्रमण हुँदा तीन भारतीय नागरिकको मृत्यु भएको छ । सुरुमा बेपत्ता भएका भनिएका तिनैजना भारतीय नागरिकहरुको शव फेला परेको भारतका बन्दरगाह, जलमार्ग तथा ढुवानी मन्त्री सर्बानन्द सोनोवालले बिहीबार जानकारी दिएका छन् ।
सोनोवालले एक्समा लेखेका छन्, ‘यो हाम्रो लागि अपूरणीय क्षति हो । यस कठिन समयमा मोदी सरकार शोकसन्तप्त परिवारका साथ दृढतापूर्वक उभिएको छ । मृतकका परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध छ । उद्धार गरिएका चालकदलका सदस्यहरूलाई तत्काल स्वदेश फर्काउने र मृतक नाविकहरूको शव अन्तिम संस्कारका लागि चाँडै भारत ल्याउने व्यवस्था गर्न मैले अधिकारीहरूलाई निर्देशन दिएको छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)