ओमानको खाडीमा अमेरिकाले जहाजमा आक्रमण गर्दा बेपत्ता ३ भारतीय मृत भेटिए
barnanmedia.com · Thu Jun 11 08:44:57 GMT 2026

ओमानको खाडीमा अमेरिकी सेनाले तेल ट्यांकरमा हमला गर्दा बेपत्ता ३ भारतीय मारिएको पुष्टि भएको छ।
भारतका बन्दरगाह, ढुवानी तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले उनीहरूका शव फेला परेको जानकारी दिएका हुन्।
सर्वानन्द सोनोवालले एक्समा लेखेका छन्, ‘पलाउ झन्डा भएको एमटी सेटेबेलो जहाजमा भएको दु:खद घटनाबारे थाहा पाउँदा गहिरो दुःख लागेको छ। दुःखको कुरा पहिले बेपत्ता भएको भनिएका तीन भारतीय नाविकका शव अब फेला परेका छन् र उनीहरूको पहिचान पुष्टि भएको छ।’
यो भारतका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै उनले सरकार पीडित परिवारलाई सक्दो सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।
यसअघि बुधबार भारतको विदेश मन्त्रालयले होर्मुज स्ट्रेटनजिक भारतीय चालक दलका २४ सदस्य सवार ‘एमटी सेटेबेलो’ जहाजमा अमेरिकी सेनाले आक्रमण गर्दा २१ जनाको सकुशल उद्धार गरिएको छ र ३ जना बेपत्ता भएको बताएको थियो।
अहिले ती तीन जनाको मृत्यु भएको पुष्टि भारतले सरकारले गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)