विश्व कप छनोटको सुपर सिक्समा जिम्बावेले ओमानलाई १४ रनले हरायो
Ujyaaloonline.com · Fri Jun 30 00:34:03 GMT 2023
काठमाण्डाै - आईसीसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली जिम्बावेले ओमानलाई १४ रनले हराएको छ । लगातार पाँच जितसहित जिम्बावे आउँदो अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्व कप नजिक पुगेको छ ।
हिजो भएको खेलमा जितका लागि ३ सय ३३ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १८ रन बनायो । ओमानका युवा ओपनर कश्याप प्रजापतिले १ सय ३ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)