राउत क्षत्री सेवा समाजको नयाँ कार्यसमितिमा को–को ?
rajdhanidaily.com · Wed Oct 11 23:19:03 GMT 2023
काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको केन्द्रीय अध्यक्षमा अस्मिन कुमार राउत चयन भएका छन् । समाजको १५औं साधारणसभा तथा सातौं अधिवेशनले अस्मिन कुमार राउतको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नयाँ कार्यसमितिको सह–अध्यक्षद्वयमा हरिकृष्ण राउत र नेत्रबहादुर राउत रहेका छन् । तीन उपाध्यक्षमा मेघबहादुर राउत, गोविन्द राउत र श्याम राउत रहेका छन् । त्यसैगरी सभाले महासचिवमा इराज कुमार राउत, सचिवमा धनबहादुर राउत (रोशन) र सह–सचिवमा मनोजकुमार राउतलाई चयन गरेको छ । त्यस्तै कोषाध्यक्षमा प्रद्युम्न राउत चयन भएका छन् भने सह–कोषाध्यक्षमा इन्द्रबहादुर राउत चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)