‘लेफ्ट टर्न’ गर्दा तारा एयरको विमान दुर्घटना
annapurnapost.com · Tue May 31 00:27:00 GMT 2022
जोमसोम : तारा एयरको ९एन–एईटी ट्विनअटर विमान सोमबार सानुसरे पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। जुन ठाउँ मुस्ताङको थासाङ गाउँपालिका–२ को मानापाथी हिमाल क्षेत्र १४ हजार ५ सय फिट उचाइमा पर्छ। उक्त विमानमा चालक दलका तीन सदस्य र १९ यात्रु गरी २२ जना चढेका थिए। यीमध्ये २१ जनाको शव फेला परेको छ। एक जना बेपत्तै छन्। १० वटा सोमबारै काठमाडौं लगिएको छ।
१० वटा भने खराब मौसमका कारण बेंसी झार्न नसकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। उनका अनुसार ती शव सोही स्थाननजिक सुरक्षा निकायको आधारशिविरमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)