सप्तरीको भेटेरिनरी कार्यालय भवन ठेक्कामा मिलेमतो, तीन कर्मचारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
केन्द्रको भवन निर्माण ठेक्कामा मिलेमतो गरी राज्यलाई १ करोड २६ लाख ९६ हजार रूपैयाँभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा तीन कर्मचारी, एक निर्माण कम्पनी र त्यसका सञ्चालकविरुद्ध आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग