रवि राजनीतिकका आरोह–अवरोह
bishowkhabar.com · Thu Jun 11 08:54:19 GMT 2026

वि.सं. २०७९ को आम निर्वाचनभन्दा केही महिनाअघि मात्रै पूर्व टेलिभिजन प्रस्तोता रवि लामिछानेको नेतृत्वमा गठन भएको रास्वपाले भ्रष्टाचार विरोधी नाराका साथ पहिलो प्रयासमै २१ सिट जितेर चौथो ठूलो दल बनेको थाल्यो । पछि यो दल माओवादी र एमालेको गठबन्धन सरकारमा सामेल भयो र रवि लामिछाने गृहमन्त्री बने । तर, उनको कार्यकाल विवादमुक्त रहन सकेन । अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदियो । यसका साथै उनी विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा पनि मुछिए ।
लामिछानेले सञ्चारमाध्यमले आफूमाथि शत्रुतापूर्ण प्रहार गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरे र नेपालको सबैभन्दा ठूलो मिडिया हाउसका प्रकाशकलाई बहु–नागरिकताको अभियोगमा पक्राउ गर्न लगाए । सन् २०२४ को अक्टोबरमा लामिछाने सहकारी ठगीकै आरोपमा जेल परे । भदौ आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरूले उनलाई जेलमुक्त गराएका थिए । पछि अदालतमा आत्मसमर्पण गरी धरौटीमा छुटेपछि लामिछानेले चुनाव लडे । महान्यायाधिवक्ताले पनि गत माघमा उनीविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिए । यी तमाम विवादका बाबजुद रास्वपाको राजनीतिक साख र लोकप्रियतामा कुनै आँच आएन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)