पाँच एसपीको एसएसपीमा बढुवा
farakdhar.com · Mon Nov 20 16:40:08 GMT 2023
सरकारले नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा गरेको छ । २४ कात्तिकमा सिफारिसमा परेकाहरूउपर कुनै उजुरी नपरेपछि सोमबार गृह मन्त्रालयले उनीहरुको बढुवा गरेको हो ।
बढुवा हुनेमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर वली र चन्द्रवीर राई छन् । बढुवाको निर्णय भए पनि उनीहरूको पदस्थापन गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)