‘मैले पढ्नु छ, किनकि म छोरी हुँ’
ekantipur.com · Sun Sep 26 00:44:49 GMT 2021
काठमाडौँ — चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनी ७५ वर्षकी थिइन् । भारतमा मात्रै नभएर नेपालसहित दक्षिण एसियाभर उनी महिला आन्दोलनकी प्रतीक थिइन् ।
भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छन् । ‘हाम्री साथी कमला भासिनको आज (शनिबार) बिहान ३ बजे निधन भएको छ,’ श्रीवास्तवले लेखेकी छन्, ‘उनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको छ । कठिन परिस्थितिका बाबजुद पनि उनले जीवनलाई उत्सवमय बनाइन् ।’ राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि मात्रै क्यान्सर भएको पत्ता लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)