समाजवादी जागरण अभियान सफल : अध्यक्ष नेपाल
ekagaj.com · Sat Oct 14 16:00:54 GMT 2023
गोदावरी (कैलाली)- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन् ।
आज धनगढीमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मेचीबाट सुरु भएको अभियान महाकालीसम्म सफल रूपमा सम्पन्न भएको बताए । समाजवादी जागरण अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी हजारौँको सङ्ख्यामा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नौजवान युवाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)