यूएनएचसीआरको दबाबबीच ५ अफगानी निष्काशित
annapurnapost.com · Mon Nov 01 06:33:00 GMT 2021
काठमाडौं : नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को चर्को दबाबबीच गृह मन्त्रालयले अवैध रूपमा नेपाल प्रवेश गरेका ११ मध्ये ५ अफगानी नागरिकलाई निष्काशन गरेको छ। मन्त्रालयले ती पाँचै जनालाई तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ।
यूएनएचसीआरले ती अफगानीलाई शरण दिनुपर्ने भन्दै कुनै हालतमा निष्काशन नगर्न लबिङ गरेको थियो। तर, आन्तरिक सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै मन्त्रालयले तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई उनीहरूलाई निष्काशन गरेको स्रोतले बताएको छ। उनीहरू आइतबार अपराह्न श्रीलंका गएका छन्। गृहले कात्तिक १० गते उनीहरूलाई निष्काशन गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)