करोडौं ठगेर म्यानपावर सञ्चालक फरार
ekantipur.com · Fri Sep 22 01:10:44 GMT 2023
काठमाडौँ — अमेरिका र युरोप पठाउने भन्दै कम्तीमा ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ ठगीको आरोप लागेका विस एचआर सेलुसनका सञ्चालक र कर्मचारी फरार भएका छन् । कम्पनीले एक जनाबाट १० देखि ४० लाख रुपैयाँसम्म लिएको खुलेको छ ।
पीडितमध्येका एक धर्मभक्त मानन्धरले अमेरिका पठाइदिन्छु भनेर आफूसँग १५ लाख रुपैयाँ लिएको बताए । ‘मासिक चार हजार डलर तलब हुन्छ, २० लाख लाग्छ भनेपछि १५ लाख रुपैयाँ दिएँ,’ उनले भने, ‘पैसा बुझाएपछि धेरै समय झुलाउने काम भयो । अहिले त सम्पर्कविहीन छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)