मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

barnanmedia.com · Thu May 08 22:24:03 GMT 2025

काठमाडौँ, २५ वैशाख : दोस्रो संस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि कात्तिके फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीले जितेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित टुँडिखेल मैदानमा आज सम्पन्न फाइनल खेलमा मेर्ला फुटबल क्लब इन्द्रेणी पोखरीलाई ५–० गोलअन्तरले पराजित गर्दै कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले प्रथम उपाधि जितेको हो ।

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले रु एक लाख नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता मेर्ला फुटबल क्लबले नगद रु ५० हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिम पारूहाङ फुटबल क्लब इन्द्रेणी पोखरी र कट्टा फुटबल क्लब सावाकटहरेले नगद रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)