माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज : राजनीतिक र साङ्गठनिक विषयमा छलफल हुने
annapurnapost.com · Sat Aug 14 06:46:00 GMT 2021
काठमाडौं : नेकपा(माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। शनिबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको उनले बताए। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देश गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)