उपासना र सोनमाको ‘जलाकी’ ३९ दिनमा प्याकअप
kendrabindu.com · Mon May 18 13:35:09 GMT 2026

काठमाडाैं । अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो ।
शनिबार पोखरामा गीतको दृश्य खिचिएको थियो । जहाँ सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । छायांकन सकिएसँगै पोष्ट-प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताए । केही दिनमा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)