पशुपतिपछि जनकपुरको धर्मशालालाई पनि होटेल बनाइँदै
nayapatrikadaily.com · Mon Jan 17 00:20:00 GMT 2022
भारतको बालाजी ट्रस्टले जानकी मन्दिर दर्शन गर्न आउने तीर्थालु बस्न बनाइदिएको जनकपुरस्थित धर्मशाला (तिरुमाला तिरुपती देवस्थानम् यात्रीनिवास) द पिक हस्पिटालिटी प्रालिले २० वर्षका लागि लिजमा लिएर होटेल चलाउँदै छ, यो त्यही कम्पनी हो जसले पशुपतिको धर्मशालामा बतासले सञ्चालन गरेको होटेलको व्यवस्थापन हेर्छ
तीर्थालुको बसाइ सहज बनाउने उद्देश्यसहित निर्माण गरिएका धर्मशालामा निजी कम्पनीहरूले आँखा लगाउने क्रम बढेको छ । भारतले पशुपतिमा बनाइदिएको धर्मशाला बतास अर्गनाइजेसनले हत्याएको दुई वर्ष नबित्दै जनकपुरस्थित धर्मशाला ‘तिरुमाला तिरुपती देवस्थानम् यात्रीनिवास’ द पिक हस्पिटालिटी प्रालिले २० वर्षका लागि लिजमा लिएर होटेल बनाउँदै छ । यो त्यही कम्पनी हो, जसले पशुपतिको धर्मशालामा बतासले चलाएको होटेलको व्यवस्थापन हेर्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)