मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दसको मृत्यु, १३ जना घाइते

gorkhapatraonline.com · Thu Jun 11 09:02:33 GMT 2026

उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दस जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । बसले इस्लामाबाद-मुर्री एक्सप्रेसवेमा खाजोट क्षेत्र नजिकै मोडमा नियन्त्रण गुमाएर दुर्घटना भएको उल्लेख गर्दै प्रहरीले विज्ञप्ति जारी गरेको छ ।

दुर्घटनाको समयमा सडकको किनारामा खस्नुअघि बसमा आगलागीसमेत भएको प्रहरीले पुष्टि गरेको छ । सबै पीडित एउटै परिवारका रहेको उलेख गर्दै उनीहरू मुल्तान सहरबाट मुर्रीको यात्रा गरिरहेका र यात्रुमा अधिकाशं बालबालिका रहेको बताइएको छ । पाकिस्तानी अधिकारीले दुर्घटनाको कारण पहिचान गर्न अनुसन्धान सुरु गरेको जनाइएको छ । रासस/क्यूएनए

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)