मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालकुमारीमा घटनालाइ लिएर निलम्बनमा परेका डीएसपी लम्साल र असई दनुवारको निलम्बन फुकुवा

barnanmedia.com · Mon Jul 29 21:50:52 UTC 2024

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको निलम्बन फुकुवा गरिएको छ ।

घटनास्थलमा सुरक्षा कमाण्ड गरेका डीएसपी लम्साल र तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लाई २०८० पुस १४ मा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । उनीहरू दुवैको निलम्बन फुकुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता दान बहादुर कार्कीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)