भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला
barnanmedia.com · Thu May 08 23:29:42 GMT 2025

पाकिस्तानले भारतमाथि लगातार दोस्रो दिन पनि ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार जम्मू कश्मीर, पञ्जाब र राजस्थान राज्यका ११ भन्दा बढी सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हो।
जम्मू कश्मीरमा जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा र अरनिया क्षेत्रमा ड्रोन आक्रमण भएको बताइएको छ। यसका साथै पञ्जाबको पठानकोट र राजस्थानको जैसलमेर तथा पोखरण पनि पाकिस्तानी ड्रोनको निशानामा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)