विश्व बजारमा वार्षिक ३६ लाख विद्युतीय गाडी उत्पादन गर्ने हुन्डाईको घोषणा
baahrakhari.com · Wed Apr 12 17:00:00 GMT 2023
काठमाडौं । दक्षिण कोरियाको बहुराष्ट्रिय अटोमोटिभ निर्माता हुन्डाई मोटर कम्पनीले अब विद्युतीय सवारीको बजारमा आफ्नो दबदबा बनाउने लक्ष्य अघि सारेको छ । जसअनुसार कम्पनीले सन् २०३० सम्ममा वार्षक ३६ लाख भन्दा बढी विद्युतीय सवारी उत्पादन गर्दै विश्वबजारको ७ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको छ ।
यस्तै, हुन्डाई मोटर कम्पनी, किआ कर्प र हुन्डाई मोबिस कम्पनी लिमिटेड सम्मिलित समूहको लगानी योजनाले दक्षिण कोरियाको विद्युतीय सवारी (ईभी) उद्योगमा सन् २०३० सम्म २४ ट्रिलियन वन (१८.१४ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)