आज नेपालले युएईको सामना गर्दै : मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल
nayapatrikadaily.com · Wed Oct 18 00:26:00 GMT 2023
नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–२० शृंखलामा युएईको सामना गर्दै छ । आइसिसीको वरीयतामा नेपाल १६औँ र युएई १७औँ स्थानमा छ । शृंखलामा सहभागी तेस्रो राष्ट्र हङकङ आइसिसीको वरीयतामा २१औँ स्थानमा छ । नेपाल र युएईबीचको खेल मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय टी–२० हुने छ । यसका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले सबै तयारी पूरा गरेको सचिव पारस खड्काले बताएका छन् ।
यसैबीच, शृंखलाको ट्रफी सार्वजनिक नेपालका कप्तान रोहितकुमार पौडेल र युएईका कप्तान मोहम्मद वसिमले गरेका छन् । हङकङ काठमाडौं नआइसकेका कारण नेपाल र युएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । नेपालका कप्तान पौडेलले शृंखलालाई आइसिसी टी–२० विश्वकप छनोटको अभ्यास खेलका रूपमा लिएका छन् । ‘हामी विश्वकपको छनोट खेल खेल्दै छौँ, त्यसअघि त्रिकोणात्मक शृंखला एक किसिमले तयारीजस्तै हो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रतियोगिताका लागि हामी तयार छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)