इन्जिनियरिङको आन्दोलनले मेडिकलको परीक्षा पनि अन्योलमा
ekantipur.com · Wed Aug 30 01:03:43 GMT 2023
काठमाडौँ — त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा शुल्क वृद्धिविरुद्ध जारी विद्यार्थी आन्दोलनलाई कारण देखाउँदै स्वास्थ्य व्यवसायी परिषद्ले सञ्चालन गर्ने लाइसेन्स परीक्षासमेत अन्योलमा पारेको छ । आउँदो शुक्रबारदेखि परिषद्ले इन्जिनियरिङ डिन कार्यालयको सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकलाई परीक्षा केन्द्र तोकेर ३७ विषयको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
परीक्षामा ५ हजार ७ सय ६७ विद्यार्थी सहभागी हुँदै छन् । तर, केन्द्रले सुरक्षाको कारण देखाउँदै परीक्षा सञ्चालन गर्न उचित नहुने बताएपछि मेडिकलतर्फको परीक्षा अन्योलमा परेको परिषद्ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)