मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्यालेसमाथि टोटनहमको चार गोल

ekantipur.com · Thu Jan 05 00:58:28 GMT 2023

लन्डन — टोटनहमले इंग्लिस प्रिमियर लिगमा बुधबार क्रिस्टल प्यालेसलाई सजिलै ४–० ले हराएको छ । त्यसमा ह्यारी केनले दुई गोल गरे भने म्याट डोहर्टी र सन ह्वेङ–मिनले गोल गरे । यो जितपछि टोटनहमको ३३ अंक भएको छ र पाँचौं स्थानमा रह्यो ।

अन्य खेलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० ले हरायो र रेलिगेसन क्षेत्र छाड्न सफल रह्यो । फरेस्टको १७ अंक भएको छ र १५ औं स्थानमा उक्लेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)