बजेट निर्माणको पद्धति पारदर्शी र संस्थागत छ: अर्थसचिव
gorkhapatraonline.com · Thu Jun 11 09:18:46 GMT 2026

काठमाडौँ, जेठ २८ गते । अर्थसचिव घनश्याम उपाध्यायले बजेट निर्माणको अन्तिम समयमा हुने करका दर हेरफेर प्रक्रियाबारे सांसदहरूलाई स्पष्ट पार्नुभएको छ।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले जेठ १४ गते राति हुने काम नियमित प्रक्रियाकै हिस्सा भएको र त्यसमा कुनै किसिमको चलखेल नहुने दाबी गर्नुभयो। बजेट निर्माणको गोपनीयता र संवेदनशीलताका कारण अन्तिम समयमा मात्रै दरहरू तय गरिने उहाँको भनाइ थियो। उहाँका अनुसार बजेट प्रक्रिया अन्तर्गत नै अर्थमन्त्रीले जेठ १४ गते राति १२ बजेपछि मात्रै विभिन्न विकल्पहरू प्रशासनबाट प्राप्त गर्ने गर्नुभएको छ। त्यसपछि कुन राजस्वको दर स्वीकृत गर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्ने प्रचलन छ। यो प्रक्रिया राति २, ३ वा ४ बजेसम्म चल्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
स्वर्णिम वाग्ले