स्वास्थ्य बीमा प्रभावकारी बनाउन सांसद डा. चन्दले सुझाए ४ उपाय
swasthyakhabar.com · Thu Jun 11 09:17:54 GMT 2026

काठमाडौं- प्रतिनिधि सभा सदस्य डा. आनन्द बहादुर चन्द ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, दिगो र नागरिकमैत्री बनाउन चार प्रमुख उपाय अघि सारेका छन्। प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफलमा बोल्दै उनले स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको कदम स्वागतयोग्य भए पनि कार्यक्रमको दीर्घकालीन सुधारमा सरकार केन्द्रित हुनुपर्ने बताएका हुन्।
डा. चन्दले नेपालमा स्वास्थ्य उपचारका लागि नागरिकले आफ्नै खल्तीबाट गर्ने खर्च (आउट अफ पकेट स्पेन्डिङ) करिब ५५ प्रतिशत रहेको उल्लेख गर्दै उच्च उपचार खर्चका कारण ठूलो संख्यामा नागरिक गरिबीको रेखामुनि धकेलिएको बताए। उनले स्वास्थ्य खर्चमध्ये करिब ६६ प्रतिशत रकम औषधिमै खर्च हुने भएकाले औषधि मूल्य नियन्त्रण र उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)