बुधबारसम्म समानुपातिक प्रणालीतर्फको मतगणना सकिने
gorkhapatraonline.com · Tue Mar 10 17:11:28 GMT 2026

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबार बिहानसम्म परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ ।
सङ्खुवासभा, धनुषा निर्वाचन क्षेत्र नं १, गोरखा निर्वाचन क्षेत्र नं. १ र २, लगायत केही क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । यी क्षेत्रमा अहिले मतगणना जारी रहेकाले बुधबार बिहानसम्म समानुपातिकतर्फ अहिले पनि सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको उहाँले सुनाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)