जापानिज इन्सेफ्लाइटिस संक्रमणपछि नवलपरासीमा खोप अभियान
baahrakhari.com · Tue Mar 10 17:26:05 GMT 2026

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापानिज इन्सेफ्लाइटिसको संक्रमण दर बर्सेनि बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ ।
आगामी चैत १ देखि ५ गतेसम्म जिल्लाभर जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईंले बताए । अभियानअन्तर्गत जिल्लाभित्र रहेका ३५ वर्षमाथिका एक लाख ५० हजार बढी नागरिकलाई खोप लगाइने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)