मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्यमन्त्री समक्ष प्रतिवेदन पेस

ratopati.com · Tue Mar 10 17:30:57 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम समक्ष मन्त्रालय र मातहतका निकायहरूको सार्वजनिक खरिद व्यवस्थापनलाई थप पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन गठित उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलले प्रतिवेदन मन्त्री समक्ष बुझाएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । प्रतिवेदनमा खरिद गुरुयोजना, ई–जीपीको पूर्ण कार्यान्वयन र मन्त्रालयमा खरिद गरिएका उपकरणहरूको कम्तीमा पाँच वर्षको मर्मत सम्भार सम्झौता अनिवार्य गर्नुपर्ने जस्ता कुरा समेटिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)