मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैशाख ५ गतेदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर झारिने

news24nepal.tv · Wed Apr 14 00:21:11 GMT 2021

काठमाडौँ । मेलम्चीको पानी काठमाडौं उपत्यकामा वैशाख ५ गते देखि दैनिक १७ करोड लिटर अर्थात पूरै पानी आउने भएको छ । सुरुमा चैत्र १५ गतेदेखि परीक्षणको रुपमा दैनिक चार करोड लिटर पानी पठाइएकोमा अब वैशाख ५ गतेदेखि दैनिक १७ करोड लिटर पठाउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हिजो दैनिक आठ करोड पानी पठाएकोमा आज मंगलबार साढे आठ करोड लिटर पठाएको छ बुधबार १० करोड लिटर पठाउने र यसै गरि दैनिक रुपमा पानी पठाउने कामलाई बढाउदै वैशाख ५ गते पूरै पानी पठाइने कार्यकारी निर्देशक खत्रीले जानकारी दिनुभयो । मेलम्ची खानेपानीको बाँकी काममध्ये हेड बक्स बनाउने काम भइरहेको र अवको एक महिनाभित्र काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)