मंगलबार मध्यरातसम्म यस्तो छ दलहरूले पाएको समानुपातिक मत
ratopati.com · Tue Mar 10 18:00:34 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा मंगलबार मध्यरातसम्म कुल १ करोड ६ लाख ८१ हजार ५ सय ८१ मत गणना भइसकेको छ ।
यो समाचार तयार पर्दासम्मको पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख १३ हजार ७ सय ९३ मतका साथ सबैभन्दा अगाडि देखिएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७ लाख ३७ हजार ४ सय २३ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ४३ हजार ६ सय ३१ मत ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)